नेपालगञ्ज : १५७ वर्षदेखि निरन्तर चल्दै आएको बाँकेको ऐतिहासिक रामलिला यसवर्ष ‘जेन–जी’ आन्दोलनका कारण स्थगित भएको छ ।
रामलिला व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाका अनुसार सुरक्षाका कारण र कलाकार भारतबाट आउन नसक्ने भएकाले पूर्ण कार्यक्रम रोकिएको हो । तर रावण बधको सामान्य कार्यक्रम भने गर्न सकिने उनले जानकारी दिए ।
यसअघि कोभिड–१९ महामारीका बेला पनि दुई वर्ष रामलिला रोकिएको थियो । नेपालगञ्जको मौलिक इतिहास बोकेको यो महोत्सवलाई यहाँका अवधी समुदायले संरक्षण गर्दै आएका छन् ।
2025-09-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार