बर्दिया : बर्दिया प्रहरीले ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बढैयाताल गाउँपालिका–६ खल्ला गाउँका ४२ वर्षीय दिनेश थारुलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
बर्दिया प्रहरीका अनुसार थारुले ती महिलालाई बलात्कार गरेको गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका थारुलाई इलाका प्रहरी कार्यालय मैनापोखरको हिरासतमा राखेर घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
2025-08-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार