Listen LIVE

लागूऔषधसहित बर्दियामा दुई जना पक्राउ

बर्दिया : लागूऔषध ब्राउन सुगरसहित बर्दियामा दुई जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका–८ कण्ठपुर चेकपोष्ट स्थितबाट दुई जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८ का २५ वर्षिय श्रीकृष्ण श्रेष्ठ र २२ वर्षिय राजितराम चौधरी छन् । दुवै जना बा ५० प ७७३३ नंम्बरको मोटरसाइकलमा सवार भई भारतबाट नेपालतर्फ शंकास्पदरुपमा आईरहेका बेला नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले दावी गरेको छ । हेल्मेटभित्र लुकाई छिपाई राखेको २ सय ६० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनामाथि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया