काठमाण्डौ : वैदेशिक रोजगार विभागले अबको तीन–चार दिनमा एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी तयारी गरेको छ । विभागले शुव्रmबार पत्रकार सम्मेलनमार्फत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणालीमा सुधार गरी एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी तयारी गरेको जानकारी दिएको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले एक साताअघिसम्म एक व्यक्तिले श्रम स्वीकृति लिन आठ–१० दिन लाग्ने गरेकामा अहिले तीन दिनमा झारेको र अबको तीन–चार एक घण्टा गर्ने तयारी गरेको जानकारी दिए ।
वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । प्रणालीमा समय समयमा समस्या आउने गरेपछि श्रमिकहरू समस्यामा पर्ने गरेका छन् । वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थागत उजुरी फस्र्याट, राहत तथा उद्धार र क्षतिपूर्ति समयानुकूल छुट्टै निर्देशिका–कार्यविधि तर्जुमा गरी लागुु गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विश्वको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार हुने उनको भनाइ छ । महानिर्देशक भट्टराईले वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित, मर्यादित र समयानुकूल बनाउने गरी विभागका उपमहानिर्देशकको संयोजकत्वको पाँच सदस्य समिति गठन गरी काम अध्ययन भइरहेको जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार