Listen LIVE

ब्राउन सुगरसहित बर्दियामा दुई पक्राउ

बर्दिया : बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका –८ बस्ने ४६ वर्षिय शंकर केसी र ४८ वर्षिय यमबहादुर भण्डारी रहेका छन् । 

गुलरिया नगरपालिका –११ गणेशपुर चोकस्थित पैदलयात्रा गरिरहेका उनीहरूलाई शंका मानी चेकजाँच गर्दा सेतो प्लाष्टिकमा बाँकेर लुकाइछिपाई राखेको अवस्था ब्राउनसुगर फेला परेको थियो । उनीहरूको साथबाट प्लाष्टिकसहित एकसय ७० मिललिग्राम, प्लाष्टिक बाहेक ६० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।

प्रतिक्रिया