बर्दिया : बर्दियाको फुटाहबाट प्रहरीले ब्राउन सुगरसहित बाँकेका एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाह सागुनघारीबाट इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले ३ ग्राम ५८० मिलिग्राम ब्राउनसुगरसहित बाँकेको खजुरा गाउँपालिका–७ उढरापुरका २५ वर्षीय तौफिक खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
बर्दिया प्रहरीका अनुसार खाँलाई भारतबाट नेपालतर्फ ब्राउन सुगर पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
ब्राउन सुगरसहित पक्राउ परेका खाँलाई आज बर्दिया जिल्ला अदालतबाट म्याद लिएर इलाका प्रहरी कार्यालय मैनापोखरले लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
2025-12-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार