Listen LIVE

वयस्क मगर गोहीको उद्धार गरी तालमा छोडियो

कैलाली : जैविक विविधताले महत्त्वपूर्ण कैलालीको सिमसार क्षेत्रमा आज बिहान एउटा वयस्क मगर गोहीको उद्धार गरी घोडाघोडी तालमा छोडिएको छ । 

पूर्वी ओजुवा तालबाट बाहिर निस्केर कुलाबाट बस्तीतर्फ जाँदै गरेको देखेपछि स्थानीयले वनकर्मचारीलाई खबर गरेका थिए । डिभिजन वन कार्यालय पहलमानपुर र स्थानीयको सक्रियतामा गोहीलाई नियन्त्रणमा लिइएको  थियो ।

डिभिजन वन कार्यालयका वन अधिकृत विश्वराज पण्डितले ६० देखि ७० किलो तौलको पाँच फिट लामो मगर गोहीको उद्धार गरी घोडाघोडी तालमा छोडिएको बताए ।

घोडाघोडी सिमसार क्षेत्रमा मगर गोहीको सङ्ख्या बढ्दै गएपछि कुलो, किसानका खेतबारीमा यत्रतत्र भेटिने गरेका छन् । आहारको खोजीमा बाहिर निस्किने गरेको बताइन्छ ।

प्रतिक्रिया