गुल्मी : गुल्मीमा शनिबार एक जना महिला मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङको पिस पार्क नजिकै महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मृत फेला पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ८ डक्सुमारे माइती घरमा विगत सात वर्षदेखि बस्दै आउनुभएको अन्दाजी ४० वर्षीया गीता अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दहालले जानकारी दिए ।
निजले विगत देखिनै अत्याधिक मदिरा सेवन गर्दै आउने गरेको स्थानीयले बताएको र घटनाबारे थप अनुसन्धान जारी रहेको दहालले बताए ।
2025-01-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार