नेपालगञ्ज : ‘मोहम्मल डे’का अवसरमा नेपालगञ्ज, नरैनापुर र जानकी गाउँपालिकाले भोली विदा दिएका छन् । बाँकेको नरैनापुर गाउँपालिकाले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफाको जन्मदिनको अवसरमा भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सूचना जारी गरी १५००औं जन्मजयन्तीका अवसरमा बिदा दिने जानकारी गराएका हुन् ।
यसैगरी जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खानले पनि विज्ञप्ति प्रकाशित गर्दै पालिकामा शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेका छन् ।
मुस्लिम समुदायले हरेक वर्ष इस्लामी पात्रो हिजरी संवतको रब्बीअव्वल महिनाको १२ गते हजरत मोहम्मदको जन्मजयन्ती विभिन्न धार्मिक कार्यक्रमसहित मनाउने गर्छन्। यस अवसरमा नाअत शरिफ वाचन, मिलादुननबी, उनका उपदेश स्मरण र सचित्र चरित्र वाचन गरिन्छ ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले ‘मोहम्मद डे’ को अवसरमा शुक्रबार शिक्षण संस्थाहरुमा विदा दिएको छ ।
शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाद्वारा आज जारी सूचनामा ’मोहम्मद डे’ मा सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा स्थानीय विदा दिइएको जनाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार