नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्ज, कम्दी जैविक मार्ग र मध्यवर्ती क्षेत्रमा बाघको संख्या चार वर्षमै दोब्बर बढी भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बुधबार बाघ दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सार्वजनिक गरेको बाघ गणना रिपोर्टमा बाँकेमा बाघको संख्या ५१ पुगेको छ । जबकी अघिल्लो २०७८ सालको गणनामा बाँकेमा २५ वटा मात्र बाघ थिए ।
राष्ट्रिय बाघ सर्वेक्षणअनुसार बाघको कुल संख्या बढेर ४२९ पुगेको छ । यसअघि बाघको संख्या ३५५ थियो । पछिल्लो चार वर्षमा ७४ बाघ थपिएका छन् । नतिजाअनुसार चितवनमा १४५, बर्दियामा ११२, पर्सामा ७१ र शुक्लाफाँटामा ५० वटा बाघ रहेका छन् । बर्दिया बाहेक सबै निकुञ्जमा बाघ बृद्धि भएको छ । बर्दियामा अघिल्लो गणनाभन्दा १३ वटा कम बाघ रेकर्ड भएका छन् ।
यसपटकको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १७, बाँके राष्ट्रिय निकुञ्जमा २६, पर्सा राष्ट्रिय निकुञ्जमा ३०, शुक्लाफाँटामा १४ वटा बाघ बढेका छन् ।यसअघि, २०७८ मा गरिएको गणनामा सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बटा, पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेका थिए ।
यसपटकको गणनामा बाघको बृद्धिदर पनि घटेको देखिएको छ । बाघको बृद्धिदर २१ प्रतिशत मात्रै रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अत्याधुनिक प्रविधि भएको क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना गर्दै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार