Listen LIVE

हुम्लामा भगवान शिवको सोह्र फिट अग्लो मूर्ति निर्माण

हुम्ला : धार्मिक तथा ऐतिहासिक महत्व बोकेको खार्पुनाथ शिवालय क्षेत्रमा जिल्लाकै सबैभन्दा अग्लो सोह्र फिटको शिव भगवानको मूर्ति निर्माण गरिएको छ । मन्दिरको सुन्दरता बढाउन र भक्तजनलाई दर्शनका लागि मूर्ति निर्माण गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । 

मूर्तिको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि मन्दिर क्षेत्र रमणीयसमेत देखिन थालेको बताउँदै उहाँले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको खार्पुनाथमा मूर्तिको आवश्यकता रहेको औँल्याए । 

खार्पुनाथको महत्व महाभारतकालीन समयसँग जोडिएको छ । मूर्ति निर्माणका लागि काठमाडौँबाट तीन वटा समूहमा कालिगडलाई निर्माण कम्पनी धर्म एस ज्याङ्छ्युप जेभीले ल्याएको थियो ।

प्रतिक्रिया