नेपालगञ्ज : बाँकेबाट प्रहरीले ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका–११ बस्दै आएका बैजनाथ गाउँपालिका–१ घर भएका ३० वर्षीय ललित शाहीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
बाँके प्रहरीका अनुसार शाहीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले शाहीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका शाहीविरुद्ध कोहलपुर प्रहरीले जबरजस्ती करणी कसुरमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
2025-12-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार