नेपालगञ्ज : बाँकेको बैजनाथबाट ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका–७ पेडारीका ३३ वर्षीय युवक अभिषेक थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँके प्रहरीका अनुसार थारुलाई सोमबार राति बैजनाथ–७ पेडारीबाटै १ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर र १५ सय रुपैयाँसहित इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।
ब्राउन सुगरसहित पक्राउ परेका थारुसँग लागूऔषध कसुरमा इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
2025-05-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार