Listen LIVE

अस्पतालको शौचालयमा युवक मृत फेला

धनगढी : कैलालीको धनगढीस्थित नोभा अस्पताल प्रालिको शौचालयमा एक युवक मृत भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका २५ वर्षीय रविन्द्र राना अस्पतालको चर्पीमा मृत भेटिएका हुन् । गएराति २ः३० बजेको समयमा युवक चर्पीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए । 

प्रहरीका अनुसार आफ्नो डेढ वर्षका भतिजाको कुरुवा बसेका राना राति करिब २ बजेतिर शौचालयमा गएका थिए । उनी धेरै बेरसम्म नफर्केपछि अस्पतालका सुरक्षागार्डले ढोका खोलेर हेर्दा राना मृत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया