बर्दिया : गुलरिया नगरपालिका–१० थारू पर्सियास्थित खेतबारीबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका–१० बस्ने ५० वर्षीय दुलारी यादव समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले नगद ५ हजार ८ सय ५५ रूपैयाँ र ३ बुक तास बरामद गरेको छ । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
2024-10-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार