Listen LIVE

बर्दियाको मानखोलामा शव फेला

बर्दिया : बर्दियाको मानखोलामा पहिचान नखुलेको एक पुरुषको शव फेला परेको छ । बढैयाताल गाउँपालिका–४ मानकिनारस्थित मानखोलाको बीचमा राति साढे १० बजेतिर शव फेला परेको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई बर्दिया अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

५ फिट ५ इन्च उचाइ, माथि खरानी रङको कुर्ता, रातो गन्जी, तल खरानी रङको हाफ कट्टु र टाउकोमा भादगाउँले टोपी रहेको पहिचान नखुलेको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया