दाङ : दाङमा श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१ निवासी ६४ वर्षीय ढालबहादुर चौधरीको हत्या आरोपमा उनकी ६२ वर्षीया श्रीमती छायादेवी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार श्रीमान–श्रीमतीबिच आपसी विवाद हुँदा छायादेवीले टर्च लाइटले श्रीमानको टाउकोमा प्रहार गरेकी थिइन्। प्रहारबाट ढालबहादुरको टाउको फुटेर अत्यधिक रक्तस्राव भएको र सोही कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा पक्राउ परेकी छायादेवीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
2025-10-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार