Listen LIVE

बाँकेको खजुरा क्षेत्रबाट डेढ क्विन्टल भारतीय कुखुरा बरामद

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका क्षेत्रबाट सशस्त्र प्रहरीले झण्डै  डेढ क्विन्टल अवैध भारतीय बोइलर कुखुरा बरामद गरेको छ।

बाँकेस्थित सशस्त्र प्रहरीको बढैया बिओपीबाट खटिएको टोलीले खजुरा गाउँपालिका–२ क्षेत्रबाट भारतबाट अवैध रुपले ल्याइएको १ क्विन्टल ३८ किलो  बोइलर कुखुरा बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बढैया बिओपीले बरामद गरिएको कुखुराको बजार मूल्य अन्दाजी ५० हजार रुपैयाँ बराबरको रहेको जनाएको छ।

बरामद गरिएका अवैध बोइलर कुखुरालाई आबश्यक कारबाही पछि सम्बन्धित कार्यालयमा  पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया