नेपालगञ्ज : नेपालगञ्ज घरबारी टोलमा अस्तव्यस्त पार्किङलाई ट्राफिक प्रहरीले व्यवस्थित बनाउन सुरु गरेको छ । अव्यवस्थित पार्किङका कारण सवारी दुर्घटनाको जोखिम पनि बढेको र सडकको सौन्दर्यता पनि गुमेको पाइएपछि नेपालगञ्ज ट्राफिक प्रहरीले व्यवस्थापनमा अग्रसरता देखाएको हो । जसका कारण स्थानीय ब्यापारीहरु पनि खुशी भएका छन् ।
बजार व्यवसायलाई समेत सहज हुने गरी तालिका नै बनाएर अस्थायी पार्किङ तोकिएको नेपालगञ्ज ट्राफिक कार्यालयका प्रमुख तथा वरिष्ठ सई नन्दकुमार पोख्रेलले जानकारी दिए । ट्राफिक व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ को वडा कार्यालयले १० थान नो पार्किङ वोर्ड उपलब्ध गराएको वडाध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।
नेपालगञ्ज पुरानो बजार भएको र बाटाघाटा पनि साँघुरो भएकाले त्यसको व्यवस्थापनका लागि ट्राफिक प्रहरीले थालेको अभियानमा वडा कार्यालयले सहयोग गरेको वडाध्यक्ष श्रेष्ठले बताए । नेपालगञ्जको घरवारी टोलदेखि त्रिभुवन चोक र सेतु विक चोकसम्मको खण्डलाई व्यवस्थित गर्न थालिएको वरिष्ठ सई पोख्रेलले बताए ।
घरवारी टोलदेखि त्रिवेणीमोडसम्म पार्किङ स्थल तोकिएका छन् । आइतवार, सोमवार, मंगलवार पूर्वी लाइन र बुधवार विहीवार र शुक्रबार पश्चिमी लाइनमा पार्किङ स्थल तोकिएको छ । जसका कारण बजार व्यवसायलाई पनि असहज नहुने देखिएपछि व्यापारीहरु पनि खुशी भएका छन् ।
यो अभियानमा स्थानीय व्यापारीहरुको पनि सहयोग प्राप्त भएको वरिष्ठ सई पोख्रेलले बताए । धम्वोजीदेखि त्रिवेणीमोड र त्रिवेणीमोडदेखि सेतु विक चोकसम्मको सडकमा हुने अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्ने गरी काम भइरहेको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार