नेपालगञ्ज : मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि इस्लामी संघ नेपालले देशब्यापी जागरण अभियान शुरु गरेको छ । ६ दिने अभियानको सोमवार नेपालगञ्जमा शुभारम्भ गर्दै संघले सकारात्मक सोचको बिकास गर्न समाजका सबैमा सार्वजनिक अपिल गरेको छ ।
मोबाइल र सामाजिक सञ्जाल ज्ञान, सीप र कला अध्ययनको सशक्त माध्यम भएपनि अत्यधिक र अनुचित प्रयोगले भ्रम सिर्जना, आपसी भातृत्वमा कमी र नैतिक पतनको मार्गमा समाज अघि बढीरहेकोे भन्दै जागरण अभियान थालिएको हो ।
नेपालगञ्जमा पत्रकार सम्मेलनमार्फत संघले अभियानको कार्यतालिका सार्वजनिक गरेको हो । इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश पश्चिमका अध्यक्ष ओबैदुर्रहमान खानले जैसपुरबाट अभियान शुभारम्भ गरिएको बताए । विद्यालय, मदरसालाई केन्द्रित गरेर अभियान चलाइने पनि उनले जानकारी दिए । खानले डिजिटल युग भएको तथा मोबाइल फोन र समाजिक सञ्जालका उपयोगिता र फाइदा भएपनि यसको सही प्रयोग नगरिदिदा समाजलाई हानी हुने गरेको यथार्थता प्रस्तुत गर्नु भरे ।
प्रदेश सचिव बद्रे आलम खानले बिद्यार्थी, अभिभावक, शिक्षक, धर्म गुरुलाई विशेष केन्द्रित गरेर अभियान चलाइएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले संघले सामयिक र आवश्यकीय अभियान थालेको भन्दै मिडियाको साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे । संघले सचेतनामुलक अभियान निरन्तर सञ्चालन गर्दै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार