बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकाको सहयोग र मानव अधिकार तथा बाल विकास मञ्च (मास) को आयोजनामा बैजनाथ गाउँपालिकामा महिलाहरुको नेतृत्व विकासका लागि तालिम सुरु भएको छ। तालिम बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको प्रमुख आतिथ्यतामा तथा मास बाँके अध्यक्ष भुपेन्द्र बस्नेतको अध्यक्षतामा कृष्ण कमल पार्टी प्यालेस एन्ड रिसोर्टको सभाहलमा सुरु गरिएको हो।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा बैजनाथ गाउँपालिका अन्तर्गतका ८ वटै वडाबाट ४८ जना महिलाहरुको सहभागिता रहेको छ। तालिम अन्तरक्रिया कार्यक्रम अन्तर्गत महिलाहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित रहनेछ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक भुमिसरा राना, वडा नं. ४ का अध्यक्ष प्रेम बहादुर शाही, वडा नं. ५ का अध्यक्ष देव बहादुर रावत, वडा नं. ६ का अध्यक्ष भूपाल पुन मगर, साथै प्रशिक्षक एवं बास नेपालका पूर्व अध्यक्ष मन भण्डारी लगायत स्थानीय महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो। मास बाँकेका उपाध्यक्ष उपेन्द्र बिष्टले सहभागी तथा कार्यक्रमको विवरण प्रस्तुत गर्दै तालिमको उद्देश्य स्पष्ट पारेका थिए ।
प्रमुख अतिथि उपाध्यक्ष निर्मला रोकायले उदघाटन मन्तव्य राख्दै भनिन्, “नेतृत्व विकासका लागि महिलाहरुको आत्मनिर्भरता अत्यन्तै आवश्यक छ। विशेष गरी ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरुको नेतृत्व क्षमता उजागर गर्न र उनीहरुलाई सामाजिक परिवर्तनको मुख्य चालक बनाउने उद्देश्यले स्थानीय सरकारले यस्ता कार्यक्रममा लगानी गर्दै आएको छ।”
उपाध्यक्ष रोकायले आगामी दिनमा पनि महिलामैत्री कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् तालिमले महिलाहरुमा आत्मविश्वास, निर्णय क्षमताको विकास, सामाजिक सहभागिता तथा समावेशी नेतृत्वको महत्वबारे जानकारी दिनेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार