नेपालगञ्ज : द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्धको सुदृढीकरण गर्ने उद्देश्यले कार्यक्रम गर्दै आएको छ । संयुक्त राष्ट्र संघको यूनेस्कोले नोभेम्भर १८ तारीखलाई इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गरेको छ । उक्त अन्तर्राष्ट्रिय कला दिवसलाई यस वर्ष नेपालगञ्जमा मनाउने भएको छ ।
इस्लामिक कलाको विकासका लागि नेपालमा एउटा इस्लामिक कला एकेडेमी बनाउन यस फाउण्डेशनले सराकरालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीले ज्ञापनपत्रलाई सकारात्मक रुपमा लिँदै आवश्यक प्रकृया अगाडि बढाउन संस्कृति तथा पर्यटन मन्त्रालयलाई सिफारिस गरेको फाउण्डेशनकी अध्यक्ष डा तबस्सुम सिद्दीकीले बताइन् । नेपालगञ्जमा हुने इस्लामिक कला अन्तर्राष्ट्रिय दिवसलाई सफलतापूर्वक मनाउन तीन सदस्यीय तयारी समिति गठन गरिएको छ ।
अधिकारकर्मी सामाजिक अभियन्ता अधिबक्ता विश्वजित तिवारीको संयोजकत्वमा बरिष्ठ अवधी कलाकार श्यामानन्दसिंह ठकुरी र आर्टिस्टि तारिक महमुद हल्वाई सदस्य रहेको समिति गठन गरिएको फाउडेशनकी अध्यक्ष सिद्दिकीले बताइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार