नेपालगञ्ज : ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ महेन्द्रपुर निवासी विर सिंह बैदवार ‘गन्धर्व’ लाई आर्थिक सहयोग गरेको छ ।
आज ज्ञानोदय पुस्तकालयका सचिव एक राज शर्माका अनुसार बैदवारको विगत दुईवर्षदेखि घांटिको समस्या देखिएको र पछि उपचार गर्ने क्रममा क्यान्सर जस्तो रोग देखिएकाले उहाँको उपचारको लागि पुस्तकालयले आर्थिक सहयोग गरेको बताएका छन् ।
ज्ञानोदय पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराई र सचिव एकराज शर्माले संयुक्त रुपमा बैदवारलाई ५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
2024-09-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार