नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० को वार्षिक योजना तर्जुमा एवं वडा भेलासम्पन्न भएको छ । आर्थिक वर्ष ०८२।०८३ को लागि प्रस्तावित योजना, कार्यक्रम संकलनका लागि गरिएको भेलामा आर्थिक वर्षको सार्वजनिक सनुवाई एवं वार्षिक प्रगती समिक्षा पनि गरिएको थियो ।
नेपालगञ्ज विद्युत रोडस्थित आरबी ब्याङ्कीट हलमा संचालन गरिएको भेलामा जनप्रतिनीधी, वडाका कर्मचारी, राजनीतीकर्मी, टोल विकास संस्थाका अध्यक्ष, नागरिक समाजको अग्रज, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।
वडा सचिव शान्ता घर्तीकाअनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० मा एक करोड ५ लाख ५० हजारको बजेट सिलिङ नेपालगन्ज उपमहानगरपालिकाबाट प्राप्त भएको छ ।
कार्यक्रम सञ्चालिका समेत रहेकी वडा सचिव घर्तीले आर्थिक वर्ष २०८१।०८२ मा सम्पन्न भएका समग्र योजना र आगामी कार्यक्रम तथा योजनाबारे पनि प्रकाश पारेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथी एवं राप्रपा बाँके अध्यक्ष नरेन्द्र राज पौडेलले स्थानीय विकासको सवालमा राजनीतिक दलहरु एक हुनु पर्नेमा जोड दिँदै सामुहिक हातेमालोे नै समग्र विकास र समृद्धिको आधार भएको उल्लेख गरे । वडावासीले जनप्रतिनीधीमाथि गुनासो मात्र नभई रचनात्मक सुझाव र साथ दिन पनि उनले आहवान गरे ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष श्रवणकुमार श्रेष्ठले स्थानीयको माग र आवश्यक्ताअनुसार नै आगामी कार्यक्रम र योजना सम्पन्न गरिने बताए । वडा सदस्य विना थापामगरले स्वागत मन्तव्य व्यक्त गरेकी कार्यक्रममा वडा सदस्य दिपेन्द्र श्रेष्ठले सहभागीका तर्फबाट उठाइएका जिज्ञाशाको जवाफ दिर्दै समग्र विकासबारे जानकारी दिए ।
यस्तै वडा न १० का वडा सदस्य भरत शाहीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्य अधिकृत भागीराम चौधरीले स्वास्थ्य सेवा र प्रगतीबारे वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सहभागीहरुले आर्थिक वर्ष २०८२।०८३ को लागि आफ्नो योजना लिखित तथा मौखिक रुपमा प्रस्तुत गरेका थिए । वडा भेलामा सडक निर्माण, ग्रावेल, नाला निर्माण, सरसफाई, बत्ति व्यवस्थापन आदि विषयलाई प्राथमिकतामा राख्न माग गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार