कैलाली : घरायसी विवादमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । कैलालीको जोशीपुर गाउँपालिका–३ मा घरायसी विवादमा ३५ वर्षीया सुनितादेवी कठरियाले आफ्नै ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको हथौडाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
कैलाली प्रहरीले दिएको जानकारी अनुसार सुनितादेवीले घरायसी विवाद बढेपछि श्रीमानमाथि हथौडाले हानेकी थिइन् । हथौडा प्रहारबाट गम्भीर घाइते भएका लखनलाललाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जानकारी दिएको छ ।
कैलाली प्रहरीको प्रारम्भिक अनुसन्धानमा हथौडा प्रहारबाटै मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा प्रयोग भएको हथौडा बरामद गरिएको जनाएको छ ।
श्रीमानको हत्या गरेको आरोपमा कैलाली प्रहरीले सुनितालाई हिरासतमा लिएर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार