Listen LIVE

मोटरसाइकल चोरीको आरोपमा बाँकेमा चार पक्राउ

कोहलपुर (बाँके) : इलाका प्रहरी कार्यालय कोहलपुरले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

भदौ १३ गते दिउँसो कोहलपुर नगरपालिका–११ स्थित इलाका प्रहरी कार्यालय अगाडि पार्किङ गरि राखेको भे ११ प ९६७८ नम्बरको मोटरसाइकल चोरी गरेको गिरोहलाई खोजतलास गर्ने क्रममा कोहलपुर नगरपालिका–११ बाट सोमबार भारतका ४२ वर्षीय आजाद अन्सारी र नेपालगञ्जका ४३ वर्षीय संजिब कुमार यादबलाई पक्राउ गरेपछि थप दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

सोमबार कोहलपुर प्रहरीको नियन्त्रणमा परेका उनीहरुले उक्त मोटरसाइकल नेपालगञ्ज महानगरपालिका–८ का ६० वर्षीय सहिद अहमद सिद्दीकीलाई ३ हजार रुपैयाँ बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि सिद्दीकीलाई मंगलबार दिउँसो नेपालगञ्जबाट पक्राउ गरेको कोहलपुर प्रहरी प्रमुख डीएसपी लक्ष्मी खनालले जानकारी दिएकी छिन् ।

डीएसपी खनालका अनुसार उक्त चोरी भएको मोटरसाइकल नेपालगन्ज– १८ भुजईगाउँमा रहेको समिम अहमदले सञ्चालन गरेको शाहजी मोटरसाइकल ग्यारेज नजिकबाट फेला पारिएको हो । प्रहरीले ३० वर्षीय समिम अहमदलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।  कोहलपुर प्रहरी याक्सनमा आउँदै  चोरी भएको मोटरसाइकललाई १४४ घन्टामै बरामद गर्न सफल भएको हो ।

कोहलपुर प्रहरीले मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका उनीहरुविरुद्द थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया