Listen LIVE

जब्दीपुल निर्माण अलपत्र, स्थानीयवासी हैरानी खेप्दै

बर्दिया : बर्दियाको बबई नदीमा निर्माण गरिएको पुल हस्तान्तरण नहुँदै बाढीले बगाउँदा ठेकेदार कम्पनीको लापरवाहीले गर्दा अलपत्र परेको छ ।

सडक डिभिजन कार्यालय बाँकेसँग सम्झौता गरेर पप्पु कन्स्ट्रक्सने निर्माण गरेको पुल हस्तान्तरण हुनु पुर्वनै बाढीले बगाएपछि बारबर्दिया र गुलरिया नगरपालिकाको यातायात सम्पर्क नै टुटेको ८ वर्ष पुगेको छ । यस बिचमा धेरै परिवर्तन भए पनि नदीले बगाएको जब्दीपुल भने जस्ताको त्यस्तै छ ।

गुलरिया र बारबर्दिया जोडने बबई नदीमा निर्माण भएको जब्दीपुल २०७४ साल असार ३० गते राति आएको बाढीले १४ वटा पिलर मध्य उत्तरतर्फका ४ वटा पिलर भासिए पछि पुलबाट यातायात साधन आवतजावतनै बन्द भयो । ०७९ साल साउन २९ गते राति आएको बाढीले पुल २ वटा स्लाप नै बगायो निकै आसा गरेका थियो अव सदरमुकामसँग गाउँको दुरी निकै नजिक हुन्छ भनेर तर पुल बनेर हिँडन नपाउँदै पुल बाढीले बगायो बारबर्दिया ९ जब्दी गाउँका स्थानीय भग्गु थारुले बताए ।

२०७९ को बाढीले पुलको स्लाप बगाए पछि अहिले सबै ठप्प छ पुल निर्माणका लागि धेरै पटक आन्दोलन भएको बारबर्दिया ९ का स्थानीय विश्वास सिंहले बताए । पुल भासिएको ९ वर्ष पुरा भएको छ यस बिचमा पुल हेर्न धेरै उच्च तहका कर्मचारीदेखि सासद मन्त्रीसम्म आए बन्दैन कसैले भनेनन् पर्यटकीय स्थल जस्तै भएको छ हाम्रो जब्दीलपुल सिंहले बताए । उनले भने सरकारसँग हाम्रो यही माग छ चाडै पुल बनोस् ।

बारबर्दिया नगरपालिका र सदरमुकाम गुलरियाको दुरी ८ किलोमिटर पनि छैन यातायात सञ्चालन भएको भए बारबर्दियामा उत्पादन गरेको कृषि उपजले राम्रै बजार पाउने अपेक्षासमेत कृषकको थियो तर पुल निर्माण भएर सञ्चालनमा आउन नपाउँदै पुल भत्कियो अहिले सबै ठप्प छ बारबर्दिया जब्दी गाउँका स्थानीय राम पाण्डेले बताए । पुल निर्माण भएको केही समयसम्म गुलरियादेखि बारबर्दियासम्म यातायात सञ्चालन गरेका थियौ २०७४ मा बाढीले पुल भासियो त्यसपछि यातायात सञ्चालन बन्द भयो कृष्णसार यातायात व्यवसायी प्रा.ली.बर्दियाका अध्यक्ष रवि मल्लले बताए ।

नदीले बगाएको जब्दीपुल निर्माणका लागि बर्दिया क्षेत्र नं.१ का सङ्घीय सांसद् २ वर्षअघि ८ दिन पुलकै तल अनसन बस्दासमेत सरकारले सुनेन तत्कालीन भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले अनसन स्थलमा पुगेर पुल निर्माण हुने कुरामा बिश्वस्त बनाउँदै सांसद्को अनसन तोडाउनु भयो तर अहिलेसम्म पुल निर्माण हुन सकेन । पुल निर्माण गर्न अनसनदेखि पटक पटक प्रतिनिधिसभामा कुरा उठाएको भएपनि अहिलेसम्म सुनुवाइ नभएको बर्दिया क्षेत्र नं. १ का सङ्घीय सांसद् सञ्जय कुमार गौतमले बताए ।

प्रतिक्रिया