Listen LIVE

बाबा बलदेव दासजी महाराजको मन्दिरमा विशाल भण्डारा

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाको जोगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा विशाल भण्डारा हुने भएको छ । 

जानकी गाउँपलिका वार्ड नं. २ जेगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा पाँचौ विशाल भण्डाराको तयारी गरिएको हो । उक्त भण्डारालाई भब्यतब्य सम्पन्न गर्नका लागि आवश्यक तयारी तिब्र पारिएको छ ।

विशाल भण्डाराका लागि आवश्यक सहयोगका साथ तयारी अन्तिम चरणमा पुगेको समाजसेवी युवा एवम् ग्रिनसिटी नेपालगञ्जका प्रमुख रासिद कुरैसी पप्पुले बताए ।

उनका अनुसार उक्त भण्डारामा प्रसाद ग्रहणका लागि सम्पुर्णमा आवहान समेत गरिएको छ । मन्दिरमा हरेक वर्ष नियमितरुपमा भण्डारा हुने गर्दछ ।

प्रतिक्रिया