Listen LIVE

भारतीय वन रक्षकले चलाएको गोलीले चार नेपाली घाइते

नेपालगञ्ज : भारतीय क्षेत्रका वन रक्षकले चलाएको गोली लागेर बर्दियामा चार नेपाली घाइते भएका छन । नेपाल–भारतको सीमावर्ती क्षेत्रमा भारतीय क्षेत्रका वन रक्षकले आइतबार साँझ गोली चलाएका हुन ।

गुलरिया नगरपालिका वडा नम्बर ८ को चौगुर्जी मौजा नजिक भारतीय वन रक्षकले गोली चलाउँदा चार नेपालीको शरीरका विभिन्न भागमा गोली लागेको खुलेको हो । गोली लागेका मध्ये गम्भीर अवस्थाका बलराम लोधलाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल ल्याइएको छ ।

यस्तै घाइते भएका राजेन्द्र पासी, रामा लोध र गोलुवा नाम गरेका एक व्यक्तिलाई शरीरको विभिन्न भागमा छर्रा लागेको छ । छर्रा लागेका गोलुवा सम्पर्कमा नरहेको बताइएको छ ।

नेपाल भारतको ८२ दशमलव ५ किलोमिटर खुला सीमाको ६२ र  ६३ नम्बरको पिल्लर नजिकमा भारतीय वन रक्षकले अन्धाधुन्ध गोली चलाउँदा घटनास्थल तनावग्रस्त बनेको थियो ।

गुलरिया–८ का वडाअध्यक्ष धर्मेन्द्र बानियाले घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी परिचालित भएको जानकारी दिएका छन ।

प्रतिक्रिया