नेपालगञ्ज : रत्न राजमार्गको देउराली नजिकै आज फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जुम्लाबाट नेपालगञ्जतर्फ आउँदै गरेको लु २ ख ५७८५ नम्वरको फोर्स गाडी बाँकेको बैजनाथ गाउँपालिका–१, १५ खोला मोडमा टायर पड्किएर दुर्घटना हुँदा पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते हुनेहरुमा कोहलपुर नगरपालिका–११ का गाडी मालिक ४२ बर्षीय अलिबहादुर शाही, बर्दिया बाँसगढी नगरपालिका–१ की ३५ बर्षीया टिका घर्ती, जुम्लाको पतारासी गाउँपालिका–५ की ४४ बर्षीया सुशीला बुढा एवं सोही ठाउँकी ३१ बर्षीया अमकली बुढा तथा बर्दियाको बाँसगढी नगरपालिका–३ की २० बर्षीया गिता परियार रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
गाडी चालक र गाडीलाई प्रहरीको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार