नेपालगञ्ज : नेपालगञ्जमा जेनजीको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको छ । आन्तरिक राजश्व कार्यालयमा आगजनी गर्न खोजेपछि प्रहरीले रवर गोली प्रहार गरेको छ । आधा दर्जन बढीलाई गोली लागेको छ ।
उनीहरुको सञ्जिवनी कजेज अफ मेडिकल साइन्सेस नेपालगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रशासन शाखा प्रमुख कुमार अधिकारीका अनुसार अहिलेसम्म ७ जना घाइतेलाई अस्पताल ल्याइएको छ । उनीहरुको निःशुल्क उपचार भइरहेको उनले बताए ।
अस्पतालले सामाजिक उतरदायित्वअन्तर्गत उनीहरुको उपचार गर्ने घोषणा गरेको छ । प्रदर्शनकारीहरुले नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँके, आन्तरिक राजश्व कार्यालय नेपालगञ्जलगायतका सरकारी कार्यालयमा आगजनी गरेका छन् । आन्दोलन प्रहरीको नियन्त्रणमा बाहिर पुगेको छ ।
2025-09-09
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार