Listen LIVE

जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला

नेपालगञ्ज : पश्चिम नेपालको प्रशिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे महादेवको मन्दिरलाई पुजापाठका लागि सोमबारदेखि खुल्ला गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको व्यवस्थापनमा नवनिर्मित अष्ट धातुको जुंगे(खडेश्वर)महादेव मुर्तिको प्राण प्रतिष्ठा, अनुष्ठान, पुल, पुजाघर र घाटको औपचारिकरुपमा उदघाटन गरिएको हो ।

उदघाटन कार्यक्रममा जनप्रतिनिधी, विभिन्न क्षेत्रका अगुवा, समाजसेवी, धार्मिक ब्यक्तित्व लगायतको उपस्थिती रहेको गुठी व्यवस्थापन समितिका सदस्य सुनिलसिंह हमालले जानकारी दिए ।

प्रतिक्रिया