जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले स्तनपान र बालमैत्री कक्ष स्थापना गरेको छ । प्रहरी कार्यालयमा सेवा लिन आउने महिला र बालबालिकाका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) मा स्तनपान र बालमैत्री कक्ष स्थापना गरको हो ।
स्तनपान कक्षको चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले एक कार्यक्रमका बिचमा उदघाटन गरिन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिका अनुसार प्रहरी कार्यालयले बालवालिकाका आवश्यक खेलाउन बालमैत्री कक्ष स्थापना आमाहरुले स्तनपान गर्न सजिलो हुने उद्देश्यका साथ स्तनपान कक्ष र वालमैत्री कक्ष स्थापना गरिएको हो ।
कार्यालय समयमा आमाहरुलाई दुधखुवाउन समेत कठिन भएकाले समय मिलाएर स्तनपान कक्षको प्रयोग गर्न सकिने महिला सिलको भनाइ छ । महिला सेलमा यस आर्थिक वर्षमा ४३ वटा महिला हिंसाका र पाँच वटा बालवालिकालाई हिंसा भएको घटना दर्ता भएका छन् । प्रहरी नायव उपरिक्षक कामतिले भन्नुभयो, ‘स्तनपान कक्ष, बालनिगरानी कक्ष र बालमैत्री कक्षको स्थापना भइसकेको छ ।
स्तनपान कक्ष उदघाटन कार्यक्रममा चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले नगरपालिकाले स्तनपान कक्ष स्तनपान कक्ष स्थापना गरेर नमुना काम गरेकाले चन्दननाथ नगरपालिकाले समेत स्थापन गर्ने प्रतिबद्धता जनाइन् । उनले ‘हामीसँग जोडिएका महिला र बालवालिकाका मुद्दाहरुलाई प्रभावकारी रुपमा कार्यान्वय गर्नका लागि तयार रहेको बताउँदै बढ्दै गरेका महिला हिंसा न्यूनीकरणका लागी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा मात्रै नभइ सधैभरी लागी पर्नेमा जोड दिइन् ।
जुम्लाको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले महिला र बालबालिकाका क्षेत्रमा भने अनुसार काम गर्न नसकिएको बताइन् । उनले सबै तहका उपाध्यक्ष तथा महिला सेलको सहकार्यमा समन्वय गरेर काम गर्न समिनेमा जोड दिइन् । उपाध्यक्ष बुढाले आगामी दिनमा महिला र बालवालिकाका क्षेत्रमा थप शशक्त योजना बनाई कार्यक्रम जोड दिइने बताइन् ।
महिला जागरण डटकमकी अध्यक्ष दिलमाया शाहीले धेरै महिला तथा बालिकाहरु हिंसा पीडित, बलत्कृत भएर न्याय माग्न आउने गरेकाले यसमा स्थानीय सरकार तथा सरोकारवाला निकाय सचेत भएर अगाडि बढ्न आवश्यक रहेको बताइन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन २०७५’मा सरकारी, गैरसरकारी, निजी सङ्घ संस्थाले आ–आफ्ना कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ ।
यसअघि केही वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय जुम्लामा तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको समयमा जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष निर्माण गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार