कोहलपुर (बाँके) : एक हप्ता अघिदेखि हराईरहेको भनिएका बाँके बैजनाथ ४ का १० वर्षिय बालकको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ । कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल बुढा बैशाख ८ गतेदेखि हराएको भन्दै आमा यशोधा बुढाले इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिएकी थिइन् ।
खेतमा गाडेको अवस्थामा बालकको शव फेला परेको हो । बालक बैजनाथ ४, नौलापुर घर भई कोहलपुरमा डेरा गरी बस्ने यशोधा कै छोरा भएको पुष्टि भएको छ ।
बाख्रा चराउन गएका मान्छेले मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवभन्दा केही पर परालले छोपेको अवस्था साइकल र कुशलको टिसर्ट गाडिएको थियो । प्रहरीका अनुसार कुशलका बुबाको केही वर्ष पहिला नै मृत्यु भएको थियो । आमाले निरकनाथ योगीसँग दोस्रो विवाह गरेकी छन् ।
कोहलपुरमा डेरा गरी सबै सँगै बस्थे । प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानका लागि कुशलको आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार