Listen LIVE

दाङका सामुदायिक विद्यालयमा भर्ना सुरु

दाङ : विद्यार्थी भर्ना अभियालाई वेवास्ता गर्दै देशभरका शिक्षकहरु राजधानी केन्द्रित आन्दोलनमा होमिरहेका बेला दाङका सामुदायिक विद्यालयमा भने विद्यार्थी भर्ना अभियान सुरु भएको छ । दाङको घोराही उपमहानगरपालिकाका र तुलसीपुर उपमहानगरपालिका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना सुरु गरेका हुन् ।

घोराही उपमहानगरपालिकाले वैशाख ८ गते देखि घोराहीका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चानल गर्न निर्देशन दिएपछि घोराहीका सामुदायिक विद्यालयमा भर्ना अभियानलाई तिब्रता बनाइएको हो ।

उपमहानगरपालिकाले निजी स्रोतका कर्मचारी र शिक्षकहरुलाई परिचालन गरेर विद्यार्थी भर्ना अभियानलाई तिब्रता बनाएको घोराही उमहानगरको शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले बताए । उनका अनुसार माध्यमिक विद्यालय रझेना, पद्मोदय पब्लिक नमुना उच्च माध्यमिक विद्यालय लगायत सामुदायिक विद्यालयमा भर्ना अभियान चलिरहेको छ ।

प्रतिक्रिया