बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति बाँके जिल्ला खजुरा गाउँपालिका–६ सिमलघारीका ३१ वर्षीय अशोक सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ पैदल आइरहेका अशोक सुनारलाई शंका लागेर जाँच गर्दा उनको साथबाट ३२० मिलिग्राम ब्राउन सुगर फेला परेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका सुनारमाथि बर्दिया जिल्ला अदालतबाट म्याद लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
2025-07-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार