Listen LIVE

बडा मंगलवारका अवसरमा बाँकेमा प्रसाद वितरण

नेपालगञ्ज : नेपालगञ्जका सनातनीहरुले विभिन्न कार्यक्रम गरेर जेष्ठ महिनाको दोश्रो बडा मंगलवार पनि धुमधामका साथ मनाएका छन् ।

गरगौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनद्वारा आज नेपालगञ्जमा प्रसाद वितरण कार्यक्रम गरेर बडा मंगलवार मनाइएको हो । बडा मंगलवारका दिन बाँकेका अधिकाँश पालिकाका हिन्दु धर्मावलम्बीहरुले प्रसाद वितरण कार्यक्रम राखेका थिए ।

यसैगरी बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा पनि प्रसाद वितरण गरिएको छ । बडा मंगलवारका दिन भण्डारा क्याम्पमा पुगेका सबै जनालाई प्रसाद वितरण गरिएको वडाध्यक्ष मोहनराम मिश्रले बताए । ‘बडा मंगलवारमा हामीहरुले प्रसाद बितरण गर्दै आएका छौं’ उनले भने, ‘कसैलाई सानो ठुलो नमानेर सबैलाई प्रभु हनुमान जीको प्रसाद प्रदान गरेका छौं ।’

यसैगरी दोस्रो ठुलो मंगलबारका दिन भक्तजनहरूमा गौरव स्मृति नेपालगञ्जद्वारा बृहद् प्रसाद वितरण कार्यक्रम गरिएको संरक्षक–सञ्चालक प्रदीप शाहले बताए ।

नेत्र ज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रास्थित विनायक मेडिकल हलको अगाडी प्रसाद वितरण कार्यक्रम गरिएको हो । 

कार्यक्रममा साहु समाज बाँकेका अध्यक्ष हंसराम साहु, गौरव स्मृतिका अध्यक्ष मधु शाह, मनिषा थापा, शतक रक्तदाता पवन जयसवाल, रामबिहारी खटिक, जीवन शर्मा, करण साहु, विजय कोरी, शिवम् गुप्ता, शिवम् शाह, लोकबहादुर कठायत, अजय कोरी, मुंशी हज्जाम, लगायत कार्यसमितिका पदाधिकारी सहयोगीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया