नेपालगञ्ज : ठुलो परिमाणको लागुऔषध चरेशसहित एक नेपाली सिमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेका छन् । रोल्पाको थवाङ वडा नं. ७ बस्ने ५० वर्षीय गोरे घर्ती मगर ९ किलो ९ सय ग्राम चरेशसहित पक्राउ परेका हुन् ।
रुपईडिहास्थित एसएसबी र प्रहरी टोलीले संयुक्तरुपमा चेकजाँच गर्दा उनको साथबाट उक्त परिमाणको चरेश बरामद भएको रुपईडिहाका थाना प्रभारी दद्दन सिंहले जानकारी दिए ।
बरामद गरिएको चरेशको अन्तर्राष्ट्रिय बजार मूल्य करिब दुई करोड भारतीय रुपैयाँ रहेको रुपईडिहा प्रहरीले जनाएको छ । चरेशसहित पक्राउ परेका मगरलाई एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरि जिल्ला अदालत बहराइच पठाइएको भारतीय प्रहरीलाई उधृत गर्दै रुपईडिहाबाट सहकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।
2025-03-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार