Listen LIVE

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तिमा श्रद्धाञ्जली अर्पण

नेपालगञ्ज : प्रेस स्वतन्त्रता सेनानी एवम् नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति पन्नालाल गुप्ताको ९७औं जन्मजयन्तिका अवसरमा स्वर्गीय गुप्ताप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । 

महासंघ कार्यालयमा गुप्ताको फोटोमा फूल अर्पण गरेर श्रद्धाञ्जली अर्पण गरिएको हो । वि.संं १९८६ भदौ २७ गते जन्मिएका गुप्ताको वि.सं. २०७६ माघ १५ गते निधन भएको थियो । किरण साप्ताहिकका प्रधान सम्पादक गुप्ता जीवनको अन्तिम कालसम्म पनि पत्रकारितामा क्रियाशील थिए । 

यसैबीच गुप्ताको जन्मजयन्तिको अवसरमा आजै विहान नेपालगञ्जस्थित मानव सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाइएको छ । पन्नालाल गुप्ता प्रतिष्ठानले आज आश्रित ब्यक्तिहरुलाई खाना खुवाएको हो । 

त्यसक्रममा प्रतिष्ठानका अध्यक्ष एवम् गुप्ता पुत्र बरिष्ठ अधिबक्ता विजय कुमार गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाललगायत गुप्ता परिवारको उपस्थिति थियो । गुप्ता नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया