Listen LIVE

गोहीको आक्रमणमा बेपत्ता युवकको अवस्था अझै अज्ञात

बर्दिया : गेरुवा नदीमा गोहीले आक्रमण गर्दा बेपत्ता भएको १९ दिन बित्न लाग्दा पनि २५ वर्षीय विवश थारुको अवस्था अज्ञात छ । उनी बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडएको गेरुवा गाउँपालिका–२ राजीपुरका हुन् ।

उनको खोजीमा दुई वटा हात्ती र पालिकाको मोटरबोट परिचालन गरिए पनि हालसम्म अवस्था अज्ञात रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जबाट दुई वटा हात्ती, मोटरबोट,नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायत स्थानीयले खोजी गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले भारतीय सीमावर्ती कैलाशपुरीसम्म खोजी गर्न अनुमतिका लागि स्थानीय प्रशासनले पहल गरिरहेको बताए । ’उनको अवस्था शुक्रबार दिउँसोसम्म अज्ञात छ,’ उनले भने, ’नेपालतर्फको भूभागमा खोजी गरिए पनि फेला नपरेका कारण भारतमा अनुमति लिएपछि टिम परिचालन गरिनेछ ।’

भैंसीलाई पानी खुवाउन गएका समय गोहीले आक्रमण गर्दा असोज ६ गते थारु बेपत्ता भएका हुन् ।

प्रतिक्रिया