Listen LIVE

बलात्कारको आरोपमा बर्दियामा एक जना पक्राउ

बर्दिया : बर्दियामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बारबर्दिया नगरपालिका–१० वैदी बस्ने ६६ वर्षीय जमिल अहमद जागालाई बलात्कार गरेको आरोपमा प्रहरी चौकी कतर्नियाको टोलीले पक्राउ गरेको हो ।

जमिलले ती बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेर थप अनुसन्धान शुरु गरिएको बर्दिया प्रहरीले जनाएको छ ।

प्रतिक्रिया