नेपालगञ्ज : दाङमा टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
घोराही तापा सडक खण्डअन्तर्गत बङ्गलाचुली गाउँपालिका ४ जुम्लेपानीमा गए राती रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार मृत्यु हुनेमा गढवा गाउँपालिका ७ निवासी प्रभु चौधरी रहेका छन् । चुनढुङ्गा लिन जान लगेको टिपर घोराही तापा सडक खण्डअन्तर्गत जुम्लेपानीमा सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
2024-10-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार