सुर्खेत : फोर्स गाडीको ठक्करबाट सुर्खेतमा एक पुरुषको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा फोर्सको ठक्करबाट ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबाट बुढा गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते बुढाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो भने ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
2025-04-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार