बर्दिया : बर्दियामा भारत तर्फ लैजाँदै गरेका तीन बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । मङ्गलवार राती प्रहरीले गुलरिया नगरपालिका वडा न–७ भन्सार रोडबाट उद्धार गरेको हो ।
उद्धार गरिएका बालबालिकामा रोल्पा उपरकोटका १५ वर्षीय बालिका रोल्पा खाराकी १३ वर्षीय बालिका रहेका छन् भने दाङ चौघेरा पुलवारीका ८ वर्षीय वालक रहेका छन् । उनीहरूका परिवार प्रहरीको सम्पर्कमा आइसकेका छन् ।
नेपाली बालबालिका लैजाँदै गरेका भारत उत्तर प्रदेश बहराइच जिल्लाका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सोही ठाउँकी ७४ बर्सिया लेडी महत, उनका छोरा ३४ वर्षीय हिरालाल महत, बुहारी २६ वर्षीय ज्ञानकुमारी महतलाई नियन्त्रणमा लिएको छ ।
त्यसै गरी उत्तरप्रदेश अयोध्या गोलाई गाउँकी ३५बर्सिया सुनिता महत, बहराईचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले बताउनु भयो । उनीहरूको साथमा काखे बालक पनि साथमा रहेका छन् ।
प्रारम्भिक अनुसन्धानमा नियन्त्रणमा लिएका उनीहरू दाङको घोराही बजारमा गमलाको काम गर्दे आएको खुलेको प्रहरीले जनाएको छ । पहिलेदेखि नै भारतीय नागरिकसँग नेपाली बालबालिका बस्दै आएको खुलेको भएपनि भारतमा कुन प्रयोजनका लागि लैजान खोजिएको भन्ने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । उनले सम्बन्धित जिल्लामा बालबालिकाको आफन्तहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार