बर्दिया : स्कुटी दुर्घटनामा बाबुछोरीको मृत्यु भएको छ । आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकिइराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ नम्बरको स्कुटी ठोक्किएर २ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालका अनुसार दुर्घटनामा सप्तरीका ३२ वर्षका रामकुमार साह र छोरी ६ वर्षकी विद्याको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
एसपी खनालले साहकी पत्नी र छोरा घाइते भएको बताएका छन् । उनीहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।
स्कुटीमा चार जना सवार थिए । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।
2024-12-15
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार