बर्दिया : जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले लागूऔषधसहित ३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ अवैध रूपमा लागूऔषध ओसारपसार गर्दै गरेको सूचनाका आधारमा प्रहरी टोलीले दुई छुट्टाछुट्टै घटनामा उनीहरूलाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आइरहेका साइकल यात्रु बाँकेको बैजनाथ गाउपालिका वडा नम्बर ५ छमनिया बसने २४ वर्षीय कर्ण बहादुर लोहनीलाई बेनौली गाउँपालिका–५ स्थित चेकपोस्ट नजिक चेकजाँच गर्दा उनको झोलाबाट सेतो रङको प्लास्टिकमा बेरेको अवस्थामा १ ग्राम ३५० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला परेको थियो। उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला अदालत बर्दियामा पेश गरिएको प्रहरीले जनाएको छ।
त्यसै दिन दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेका बर्दिया जिल्ला बढैयाताल गाउपालिका वडा नम्बर ६ खल्लागाऊ बसने २० वर्षीय राहुल थारु र १९ वर्षीय शिव प्रसाद थारुलाई खल्लागाऊ बाट नै पक्राउ गरिएको छ। चेकजाँच गर्दा उनीहरूबाट क्रमशः ८० मिलिग्राम र ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो।
दुवै घटनामा संलग्न सबैलाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार