Listen LIVE

सुर्खेत–दैलेख सडकमा गाडी दुर्घटना, चार जनाको मृत्यु २५ घाइते

सुर्खेत : सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको गुराँस गाउँपालिकाका वडा नं. ८ का वडाध्यक्ष दीपेन्द्र वलीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।

घाइते २५ जनाको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।

प्रतिक्रिया