Listen LIVE

२० वर्ष जेल सजाय पाएका दुई जना २४ वर्षपछि पक्राउ

दाङ : दाङ प्रहरीले २० वर्ष जेल सजाय पाएर फरार रहेका दुई जना फरार प्रतिवादीलाई २४ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला अदालत दाङबाट कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर २० वर्ष जेल सजाय पाएका जित बहादुर दमाई र नम्रे दमिनीलाई कपिलवस्तुमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुबाङले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरु दुबै जनालाई जिल्ला अदालत दाङले २०५७ असोज ९  गते फैसला गर्दै कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै जनही २० बर्ष जेल सजायकि फैसला गरेको थियो।

उनीहरुमध्ये  जितबहादुर राप्ती गाउँपालिका –९ र नमी राप्ती गाउँपालिका– ९ कै स्थायीवासी रहेको प्रहरीले जानकारी दिएको छ।

दाङ प्रहरीले पक्राउ परेका दुबै जनालाई जेल सजाय भुक्तानका लागि आज कारागार पठाइएको जानकारी दिएको छ।

प्रतिक्रिया