नेपालगञ्ज : दसैँ तिहार र छठ जस्ता महत्त्वपूर्ण चाडपर्व मनाउन स्वदेश आएका पश्चिम नेपालका पहाडी जिल्लाका नेपाली युवा रोजगारीका लागि फेरि भारत फर्किन थालेका छन् । स्वदेशमा रोजगारी नभएपछि फेरि एक पटक नेपाली युवा रोजगारीका लागि भारतका विभिन्न ठुला सहरतर्फ जान थालेका हुन् ।
कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका युवा अहिले फेरि दैनिक रोजगारीका लागि भारततर्फ गइरहेको बाँकेस्थित नेपाल भारत नाकामा रहेको जमुनाहा प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, जमुनाहाका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले चाडपर्व सकिएपछि फेरि दैनिक भारतजाने नेपालीको संख्या बढ्दै गएको बताए ।
उनले अहिले दैनिक ३०० देखि ५०० को हाराहारीमा नेपाली युवा कामका लागि भारततर्फ गइरहेको जनाए । भारत जानेहरुमा अहिले सबैभन्दा बढी पन्जाब, सिमला, अहमदाबाद, हरियाणा गुजरात लगायतका स्थानमा गइरहेको पाइएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार