Listen LIVE

हजयात्रीलाई सम्मानसहित विदाई

नेपालगञ्ज : साउदीअरेबियाको मक्का मदिनामा हज गर्न जाने आफ्ना सदस्य हजयात्रीलाई एक कार्यक्रमविच सम्मान गरी बिदाई गरिएको छ ।

नेपालगञ्ज सुनचाँदी व्यवसायी संघ र लुम्बिनी प्रदेश सदस्य हासिम अन्सारीको संयुक्त आयोजनामा हजयात्रीलाई सम्मान गरी बिदाई गरिएको हो ।

यो वर्षको हज यात्राका लागि हज गर्न जान लागेका नेपालगञ्ज सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाहुद्दिन जसगढ, सदस्यहरु अनिस जसगढ, जमिल अहमद जसगढ र मो. रहिस जसगढलाई संघको कार्यालयमा आयोजित संयुक्त कार्यक्रममा उनीहरुलाई सम्मानसहित बिदाई गरिएको हो ।

उनीहरुलाई नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धिबहादुर बिके, सदस्य सञ्जय सोनी, संघका सहकोषाध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य हासिम अन्सारी, सुनचाँदी कारिगर संघका पूर्व उपाध्यक्ष जमिल अहमद जसगढ लगायत फूलमाला, खादा टोपी लगाएर सम्मान गरी बिदाई गरे ।

ईस्लाम धर्मममा हज जीवनको महत्वपूर्ण धार्मिक यात्रा हो । हरेक वर्ष नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न नेपाली मुसलमान समुदाय जाने गरेका छन् । यो वर्षको हज यात्राका लागि बाँकेबाट ७६ जना महिला र ७९ पुरुषसहित एकसय ५५ जना सहभागी भएको जनाइएको छ ।

प्रतिक्रिया